News Portal

संघिय संसदको दोस्रो अधिवेशन आज सकिदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४१ पटक
काठमाडौं

असोज ११, काठमाडौँ  – संघिय संसदको दोस्रो अधिवेशन आज सकिदैछ । चिकित्सा शिक्षा, नागरिकता संशोधन लगायत महत्वपूर्ण विधेयक पारित नहुदै संसदको दोस्रो अधिवेशन सकिन लगेको हो । वैशाख २३ बाट सुरु भएको अधिवेशनले बजेट पारित, मौलिक हक सम्बन्धी कानुन निर्माण र राष्ट्रिय महत्वका विषयमा सरकारलाई निर्देशन दिएको थियो ।

तर केही महत्वपूर्ण विधेयक भने पारित नहुदै अधिवेशन अन्त्य हुन लागेको हो । संबिधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघिय संसदको अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोली राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि नै बसेको मन्त्री परिषद बैठकले आजबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको बताइएको छ । अधिवेशन अन्त्यसँगै नागरिकता संशोधन, चिकित्सा शिक्षा, लेखापरिक्षण, भुत्तानी तथा फर्छेट बिमा लगायत सम्बन्धी विधेयक अलपत्र पर्ने भएका छन् ।

२०७५ असोज ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्