News Portal

भारतमा अलपत्र परेका नेपालीहरु र सरकारको नियत

चरित्र न्यौपाने
१६९ पटक

काठमाडौं – नेपालबाट रोजगारीको लागि भारतका विभिन्न शहरहरूमा काम गर्न गएका नेपाली अलपत्र परेका छन । उनीहरुको जिविकोपार्जनको मुख्य श्रोत भारतको मजदुरी भएकाले पनि लकडाउनका कारण थप समस्यामा परेका छन ।

अहिले कोरिनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत र नेपालमा लकडाउन भएकाले मजदुरी गर्न बन्द भएको छ । विहान वेलुका हातमुख जोड्न पनि समस्या भएको छ । उनीहरु खाना खान पनि समस्या भएपछि धेरै नेपाली भारतका विभिन्न शहरबाट फर्कियर सीमानाकामा रोकिएका छन ।

सीमानामा अट्कीएका र भारतकै विभिन्न शहरमा रहेकाहरुका आफन्तलाई चिन्ताले पिरोलेको छ । उनीहरुको समस्या अहिलेसम्म नेपाल सरकारले बुझेको छैन । उनीमा रोगले भन्दा पनि भोगले ज्यान फाल्न पर्ने अवस्था सृजना भएको छ ।

उनीहरुलाइ नेपाल ल्याउदैमा कोरोनाभाइरस आउदैन । यो कुरा नेपालका भ्रष्टाचारी नेताहरुले बुझन जरुरी छ । कोरोनासँग लड्ने समयमा आहिले सरकार कुर्षिका लागि लडिरहेको छ । अप्ठ्यारोमा परेका नेपालीको उधार गर्नु सरकारको कर्तव्य पनि हो।

भारतमा रहेका नेपालीलाई कि त नेपाली नागरिक होइनन् भनु पर्यो, की आफ्नो देश फर्किने व्यवस्था मिलाउनु पर्यो । अन्य देशले आफ्ना नागरिकलाई सामाजिक दुरी कायम गरी क्वारेन्टाइनमा बसाल्ने हिसाबले उद्वारा गरिरहेका छन ।

के नेपाल मा क्वारेन्टाइन छैनन् ? यदी कम छन भने सरकारी बिद्यालयलाई अस्थायी क्वारेन्टाइन बनाउन सक्छ । सरकारलाई आर्थिक आभाव हो भने तीन करोड नेपालीले चन्दा उठाएर सहयोग गर्न तयार छन ।

स्वास्थकर्मीको आभाव हो भने कैयौ व्यक्तिहरु स्वास्थ्य क्षेत्रको अध्ययन गरेर घरमा बसिरहेका छन । तिनीहरुको सहयोग लिन सकिन्छ । संक्रमित विरामीको संख्या बढ्दै छ । तर सरकारले परिक्षणको दरलाई घटाइरहेको छ । परिक्षणाको दायरालाई बढाएर नेपाली नागरिकहरुलाई ढुक्कसाथ बस्न पाउने बातावरण सरकारले बनाउन जरुरी छ ।

अहिलेको समय भनेको बाली भित्र्याउने र बाली लगाउने समय पनि हो । त्यस कारण उनीहरुलाई सीमानामा अड्लकायर कृषि क्षेत्रमा ठूलो क्षेति हुनसक्ने सम्भावना छ ।

उनीहरुको जिविको पार्जनको मुख्य आधार कृर्षि हो र अहिले कृर्षिमा काम गर्न पाइएन भने बर्षभरी खाध्यन्न शंकटले देशमा ठूलो भोकमरी आउन सक्छ । त्यसैले उनीहरुको तत्काल नेपाल फर्काउन नेपाल सरकारले पहल कदमी लिनपर्छ ।

स्वास्थ्य परिक्षण र राम्रो क्वारेन्टाइनको व्यवस्था गरि भारतभर रहेका र नेपाल भारत सीमानाकामा अलपत्र नेपालीहरुलाई नेपाल ल्याउन पहलकदमी लिन ढिलाई नहोस ।

२०७७ बैशाख २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्