मोटिभेटन्यूज संवाददाताकाठमाडौं

असोज ११, काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्मला पन्त हत्याकाण्ड ढाकछोप गर्ने प्रयास गरेको अारोप लगाएका छन् ।
युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहीबार स्वदेश फर्किएका नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याकाण्डको छानविन प्रतिवेदन सार्वजनिक लुकाइएको भन्द नेता पाैडेलले तत्काल सार्वजनिक गर्न सरकारसँग मागसमेत गरे । छानविन समितिले गृहमन्त्री रामबहादुर थापा बादललार्इ बुझाएको प्रतिवेदन गुपचुप राखिएको छ ।
निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको वरिष्ठ नेता पौडेलको दावी छ ।
२०७५ असोज ११ गते प्रकाशित
