News Portal

सेयर बजार खोल्न धितोपत्र बोर्डको निर्देशन, कहिले खुल्छ बजार ?

मोटिभेटन्यूज संवाददाता
१३७ पटक

काठमाडौं – लकडाउनका कारण बन्द भएको सेयर खोल्न नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । बोर्डको निर्देशअनुसार मंगलबारबाट बजार सूचारु हुने भएको छ ।

११ चैतयता बन्द भएको कारोबार ३० गते खुल्ने भएको हो । बोर्डका अनुसार अब बिहान ११ बजेदेखि १ बजेसम्म अर्थातः दुई घण्टा कारोबार हुने भएको हो ।

शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्थामा समेत परिवर्तन भएको छ । यस अनुसार अब दुई प्रतिशतमै सर्किट ब्रेकरको व्यवस्था भएको छ । अब कोरोनाको प्रभाव कायम हुन्जेल दुई प्रतिशतभन्दा माथि बजार बढ्दा वा दुई प्रतिशतभन्दा तल घटेको अवस्थामा अब सर्किट ब्रेक लाग्ने प्रावधान ल्याइएको छ ।

सरकारले बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र बोर्डजस्ता क्षेत्र संचालनको बाटो खोलेको थियो । यस्तो सेवा सूचारु गर्दा बढीमा एक तिहाई मात्र कर्मचारी राखेर सेवा सुचारु गर्न सकिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

२०७७ बैशाख २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्