News Portal

झडपको विषयमा बल्ल बोल्यो चीन

मोटिभेटन्यूज संवाददाता
१६० पटक

काठमाडौं – चीनियाँ दुतावासले नेपाल प्रहरी माथि भएको हातपातको विषय साम्य भइसकेको जनाएको छ । दुतावासले एक विज्ञप्ति जारी गर्दै चिनियाँ नागरिकले गरेको हातपातको घटना पूर्णरुपमा सुल्झाइएको जनाएको हो ।

दूतावासले चीनियाँ नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको छ । आफूहरुलाई स्वदेश फर्काउन माग गर्दै शुक्रबार सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनमा उत्रिएका केही चिनियाँ नागरिकहरुले नेपाल प्रहरीमाथि हातपात गरेका थिए ।

सो घटनाको सन्दर्भमा प्रेस नोट जारी गर्दै दूतावासले कोरोना महामारीको कठिन अवस्थामा नेपाल र चीनले एकअर्कालाई राम्रोसँग बुझ्ने र लकडाउनको कारण उत्पन्न हुने विभिन्न घटनाहरुलाई संयुक्तरुपमा समाधान गर्ने जनाएको छ । दूतावासका प्रवक्ताले प्रेस नोट जारी गर्दै नेपालको कानुनको पालना गर्न र अनावश्यक रुपमा बाहिर ननिस्किन समेत आग्ह गरेको छ ।

२०७७ बैशाख २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्