News Portal

तीन जना मृत अवस्था भेटिए

मोटिभेटन्यूज संवाददाता
१०६ पटक

काठमाडौं – देशभर तीन जना मृत भेटिएका छन । गुल्मी, दोलखा र सुर्खेतमा ३ जना मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बगाउने बस्ने टेक बहादुर घर्तीको घरमा बस्दै आएकी बाग्लुङ गालकोट नगरपालिका ३ हटिया घर भएकी ११ वर्षीया सरिता विक आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन । उनलाई प्रहरीले शुक्रबार दिउँसो मृत अवस्थामा भेटेको थियो ।

त्यस्तै, दोलखाको शैलुङ गाउँपालिका ५ स्थित गोरेटो बाटोमा सोही गाउँपालिका ५ घ्याङडाँडा बस्ने ४९ वर्षीय कृष्ण बहादुर कार्की शुक्रबार दिउँसो मृत अबस्थामा फेला परेका छन् ।

उता सुर्खेतको चपुरी नगरपालिका ९ राग बस्ने ७५ वर्षीया खगिसरा पौडेल पनि मृत अवस्थामा भेटिएकी छन । घरदेखि अन्दाजी ३ सय ५० मिटर टाढा रहेको गाई बस्तुलाई पानी खुवाउने भोटेडम्मो तलाउमा डुबेर मृत्यु भएको अवस्थामा शनिबार बिहान प्रहरीले फेला पारेको थियो ।

उनीहरुका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७७ बैशाख २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्