News Portal

पूर्वमन्त्री सोडारीको पहलमा दुई पक्की पुल निर्माण हुँदै

मोटिभेटन्यूज संवाददाता
४०८ पटक

धनगढी – कैलालीको गौरीगंगा नगरपालिका अन्र्तगतका दुईवटा नदीमा पक्की पुल निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीको पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगतको पुर्वाधार विकास डिभिजन कार्यालय कैलालीले पक्की पुलको बहुबर्षिय ठेक्काको बोलपत्र आह्वान गरेको हो ।

गौरीगंगा नगरपालिका वडा नम्बर १ वडा पुरानो हाटबजारदेखि २ नम्बर वडा चौमाला बजार जोड्ने नदी र वडा नम्बर ८ बढैपुर देखी ५ वडा नम्बर ५ जोड्ने अण्डैया नदीमा पक्की पुलको बहुबर्षिय ठेक्काको बोलपत्र आह्वान गरीएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित सदस्यसमेत रहेका सोडारीले आफ्नो निर्वाचन क्षेत्रमा चुनावमा जनतासंग गरेको बाचा अनुसार ४ वटा पक्की पुल निर्माणको प्रक्रियामा रहेको बताए । उनले यसै आर्थिक बर्षमा चार वटै पक्की पुलको ठेक्का आह्वान हुने बताए ।

उनले भने, ‘दुईवटाको ठेक्का भैसकेको छ, अब शिवपुर, भैसासुर, पक्की पुल निर्माण ठेक्काको चरणमा रहेका छन् । दुईवटा पुल ठेक्काको प्रक्रियामा छन् । जनतामाँझ गरेको बचनप्रति प्रतिबद्ध छु ।’

सोडारीले तराई पहाँडसँग जोडिएको निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिलाई तिव्रताका साथ अघि बढाइरहेका छन् । महोन्याल र चुरे गाउँपालिकाका वडाहरुलाई सडकसञ्जालमा जोड्न ग्रामिण तथा प्रादेशिक गौरबका आयोजनाको सूचीमा राखेर प्राथमिकिकरणका आाधारमा विकास निर्माणका कार्यहरु गरीरहेका छन् ।

यसैबीच पूर्वमन्त्री सोडारीले दुर्गम ठाउँ चौमाला खैराला, राजिपुर बालुवागडा सडक निर्माण गरेर यातायातका साधनहरु पु¥याएका थिए । मसुरिया तालबन्द सडक, बढैपुर अण्डैया सडक, चौमाला बेहडाबावा कनरी सडकको कालोपत्रेको लागि बहुबर्षिय ठेक्का भैसकेको छ ।

२०७७ बैशाख २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्