News Portal

राजनीतिक रङ्ग भित्रको कुरुप्ता

प्रवेश न्यौपाने
३८९ पटक

काठमाडौं – म त्यो काल खण्डमा जन्मिन, जुनबेला एक मुखियाले गाउँका सर्वहारा वर्गको भित्री भागलाई थिचोमिचो पारिदिन्थे र एकलौटी शासनको भित्र पराकाष्ठालाई दमन र शोषण शैलीमा प्रयोग गर्ने गर्थे । समय साच्चै बलवान् छ र त हरेकको जीवनयापन सरल र सहज बनाई दिएको छ ।

हाम्रा बिस्तारै शासकिय शैलीलाई परिवर्तन गरि दुखि बेशाहारा मजदुरको हितको लागि केही राजनीतिक आवरण ओड्न बाध्य भयौं । राजनीति भनेको देश जनतालाई सहि मार्गदर्शन गर्ने, बिधिको शासनमा रहेर देश र जनताको आवश्यकतालाई परिपुर्ती गर्दै शान्ती, सम्बृदी र सुशासन तीर लिनलाई सहि नीति कानुन निर्माण गर्ने कार्यलाई राजनीति भनिन्छ ।

हामीले पनि नेपाली राजनीतिको आकाश धर्तीमा केही कम्युनिस्ट शासन प्राणली त केही विस्तारवादी, पुजीवादीहरुसँग शासनको अपेक्षा गयौं तर विडम्बना उनीहरुमा नै लिडरसिप स्किलको अभाव देखियो ।

माक्र्स एङ्गेल्सले भनेका थिए, ‘यस साम्यवादी चेतनालाई व्यापक जनसमुदायको स्तरमा उत्पादन गर्न र खुद यसै उद्येश्यको सफलताको लागि, मानिसहरुको व्यापक जनस्तर परिवर्तन हुन आवश्यकता छ । जुन परिवर्तन एउटा व्यवहारिक आन्दोलन, एउटा क्रान्तिमात्र सम्भव हुन्छ । यसरी क्रान्ति नै चाहिने शासक वर्गलाई अरु कुनै तरिकाले हटाउन नसकिने भएर मात्र होइन, यसलाई हटाउने वर्गलाई युगौको फोहोर मैलाबाट आफूलाई शुद्ध पार्नमा सफल हुन र नयाँ समाज खडा गर्न पनि क्रान्ति नै चहिन्छ ।’

आखिर शासन, सार्वभौम सत्तालाई रोचक र भव्य तरिकाले ऐक्यबद्ध गर्ने सरल कार्य भने पक्कै होइन । यसको लागि राजनीतिक निष्टा र सैदान्तिक पक्षहरूको मोटो मिलजुल अत्यआवश्यक छ। तर हामीले रोजेको क्रान्ति भित्रको कम्युनिस्ट भने बडो बिचित्र को छ । उसमा असली रुप त कसैको देखिएन, व्यवहार पनि उत्तिकै चिन्ता जनक देखियो । जुन मुलधारमा क्रान्तिको आगो मच्चियो त्यही धारमा टेकेर सबैभन्दा पहिला मन्थनको कठोर प्रकृया पार नगरिकन महान दायित्व पुरा गर्न सकिदैन र इतिहासमा कुनै भुमिका खेल्न सकिदैन ।

दुःख पिडामा उसको मन अभ्यस्त हुन्छ परिश्रमले उसका हड्डि र त्यसभित्रको मज्जा कडा हुन्छ, भोकको रापमा उसको शरिर पर्दछ, उसका प्रयासहरु भत्कन्छन र यसरी उसको मन झस्काउछ, उसको स्वाभाव मन्थन हुन्छ र उसका क्षमताहरु थपिन्छन । हामीले क्रान्ति गर्यै तर यसको स्वाभाव र भावलाई विर्सियौ । यसको भावनालाई नबुझेर कागको पछि दर्गुदाको परिणाम अहिले भोक्नु परेको छ। कसैले कान छाम्ने दुत्साहास गरेको भए बेर्थैमा हामी सर्वसाधारण अहिले यो परिणामको सिकार बन्थेनौ कि ?

हामी जुन राजनीतिको दुर्गधको भुमरी भित्र फसेका छौ, त्यहि दुर्गधको प्रभाव प्रायः देशहरूले पनि नभोगेका होइनन् । तर समय आएपछि असली राजनीतिक जननेताको उदय भएपछि त्यो दुर्गन्ध लामो समयसम्म टिक्न सक्दैन र पछि बिलय भएर हराउछ । त्यसकारण हाम्रा कामरेडहरुले आफूलाई पार्टी बाहिरको संघर्ष र पार्टी भित्रका दुई मोर्चाहरुमा हुने संघर्ष दुबैमा विचारको मन्थन गर्नुपर्छ । तर पार्टी सदस्यहरु मध्य निकै धेरै जनामा यस्तो अन्तर पार्टी संघर्ष प्रति अझै पक्का गहिरो दलचस्पि देखिदैन । यो कुरा केही कामरेडहरुले बारम्बार चलाउने असैदान्तिक संघर्षहरुबाट मात्र पर्कट नभई कतिपय कामरेडहरुमा निकै लामो समयसम्म जुझारु संघर्षको अनुभव भएका कामरेडहरुमा समेत आलोचना अथवा गलत मुल्यांकन सहन सक्ने क्षमताको अभाव देखिन्छ ।

प्रतिक्रान्तिकारीहरु सँग उनीहरु कहिल्यौंधर्मराउँदैनन् । गुनासो गर्दैनन् अथवा खिस्रक हुदैनन् । चाहे अवस्था जस्तोसुकै असहज होस र शत्रुको प्राहार जतिसुकै ममर्मातक होस । यस्तै कुशल क्रान्तिकारी पात्रहरु कम्युनिस्ट शासनलाई मुर्तरुप दिन एक सच्चा क्रान्तिकारी पात्रको उदय हुन जरुर छ।

२०७७ बैशाख २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्