News Portal

कस्तो छ आजको मौसम ? हेर्नुहोस् पूर्वानुमान

मोटिभेटन्यूज संवाददाता
९७ पटक

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको जनाएको छ ।

यसैगरी, अहिले देशका पश्चिमी भु–भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको र बाँकी भु–भागमा सामान्यतया सफा रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, महाशाखाले आइतबार दिउँसो देशको पश्चिमी भु–भाग लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

यस्तै, पश्चिमी भू–भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति भने देशको पश्चिमी भु–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु–भागका थोरै स्थानहरु लगायत मध्य र पूर्वका १र२ स्थानहरुमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहितवर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

२०७७ बैशाख २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्