News Portal

जुताको माला लगायर जलाइयो मोदीको पुत्ला

मोटिभेटन्यूज संवाददाता
२२८ पटक

काठमाडौं – भारतले नेपालको मुमिमा सडक बनाएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । काठमाडौंको कलङ्कीमा जुताको माला लगाएर मोदीको पुत्ला दहन गरिएको हो ।

नेपालको भूमि लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेपछि यतिबेला भारतको कदमविरुद्ध विभिन्न प्रदर्शनहरु भइरहेको छ ।

विवादीत रहेको सीमाको समस्या कुटनीति तवरबाट गर्ने समझदारी विपरित भारतले नेपालको भूमिमा मानसरोवरसम्म जाने सडक निर्माण गरेको हो । उक्त क्षेत्र भारतीय सीमाभित्रै पर्ने भारतको दाबी छ ।

यता, काठमाडौँको कलंकीमा जनता दरवार नामक भ्रष्टाचारविरोधी अभियानले मोदीको पुत्ला जलाएको हो । प्रदर्शनक्रममा गो ब्याक इन्डियालगायतका प्लेकार्डहरु पनि बोकिएको थियो ।

यसअघि विप्लव नेतृत्वको नेकपाले पनि मोदीको पुत्ला दहन गरेको थियो ।

२०७७ बैशाख २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्