News Portal

मन्थलीको रणजोरको पानी सुकाजोर खोलासम्म पुग्दा खेतमा लगाएको धान पूरै बगरमा परिणत

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०९ पटक
काठमाडौं

भदौ २, रामेछाप – लगातारको वर्षातसँगै रामेछापको मन्थली अवस्थित रणजोर खोलामा आएको बाढीले सदरमुकाम मन्थली आसपासका सयौं रोपनी खेतीयोग्य जमिनमा लगाइएको धान खेतमा खोला पसेपछि खेत पूरै बगरमा परिणत भएको छ ।

मन्थली नगरपालिका–३ घ्याप्चे पहिरोको शीर हुँदै बहने रणजोर खोलाले मन्थली वडा नम्बर–३ कठजोरको अर्चले, बडा नम्बर–४ सालुको गैराथोक, वडा नम्बर–५ सुनारपानी र वडा नम्बर–१ मन्थलीमा समेत ठूलो क्षति पुर्याएको छ ।

खोलाको दुवैतर्फ रहेको खेतीयोग्य जमिनमा किसानले धान बाली लगाएर धान गोडमेल समेत गरेका थिए । धान गोडेर विकासे मलसमेत हालिसकेको धान वर्षासँगै आएको बाढीले झण्डै पाँच सय रोपनीभन्दा बढीे खेत बगरमा परिणत गरेको छ । त्यस्तै पाँच सय रोपनीभन्दा बढी जमिन कटान गरेकोले स्थानीय किसानहरु चिन्तित बनेका छन् ।

रणजोर खोलामा आएको बाढी जिल्ला प्रहरी कार्यालय नजिकैको धानखेतबाट पसेर सुकाजोर खोलामा मिसिएको छ । रणजोरको पानी सुकाजोर खोलासम्म पुग्दा बीच भागमा रहेको खेतमा लगाएको धान पुरेर पूरै बगर बनाएको मन्थली नगरपालिका वडा नं–१ का किसान दिनेश घिमिरेले जानकारी दिए ।

२०७५ भदौ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्