News Portal

चितवनबाट पैदल आएका युवामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
१९१ पटक

राजविराज – चितवनबाट पैदल हिडेर सस्तरी आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउनको बेला चितवनबाट पैदल हिँडेर आएको सप्तरीका युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर ९ वैशाखमा सप्तरी पुगेका थिए । त्यसपछि उनीहरुलाई कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप साहले बताए ।

उनकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको २५ वैशाखमा स्वाब संकलन गरिएको थियो ।

२०७७ बैशाख २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्