News Portal

भारतले लिपुलेकमा सडक बनाएपछि दार्चुलामा प्रदर्शन

मोटिभेटन्यूज संवाददाता
२१७ पटक

दार्चुला – भारतले नेपाली भूमि कालापानी, लिपुलेक क्षेत्रमा चीन जोड्ने सडक निर्माण गरेको विरोधमा दार्चुलाको नौगाड गाउँपालिकामा सयौँ युवाहरुले प्रदर्शन गरेका छन् ।

भारतले नेपालको भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरेपछि युवाहरु प्रदर्शनमा उत्रिएको नौगाड गाउँपालिका वडा नम्बर १, साङपाङका युवा बिक्रम ठगुन्नाले जानकारी दिए । यही मिति २०७७ वैशाख २५ गते भारतीय गृहमन्त्री राजनाथ सिंहले कैलास मानसरोबर जाने सडकको उद्घाटन गरेका छन् । सन् १८१६ को सुगौली सन्धि अनुसार नेपालको भूमि लिम्पियाधुराभन्दा पश्चिमको भूभाग हो । तर भारतले सन् १९६२ यता कालापानीमा आफ्ना सेना राखेको छ । जुन अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो, दानसिंह ठगुन्नाले भने ।

त्यस्तै भारतले कालापानीमा सडक निर्माण निर्माण गरेको छ । कालापानी हाम्रो मुटु हो । कालापानीमा भारतले सडक निर्माण गर्दा दार्चुलावासी र सबै नेपालीको मुटु दुखेको छ, मोहन बडालले। विस्तारवादी भारतको रवैया विरुद्ध गाउँका सबै युवाहरु एकजुट भएर त्यसको विरोध गरेका हौँ प्रदर्शनमा सहभागी इन्द्र ठगुन्नाले बताए ।

‘भारतले हाम्रो मुटु कालापानी, लिपुले र लिम्पियाधुरामा बुट बजारेको छ, शासकहरुले चुप लागेर बस्लान् तर हामीलाई त्यस्तो दासता स्वीकार्य छैन, हामी सबै यसका विरुद्ध संघर्ष गर्न तयार छौँ’ प्रदर्शनमा सहभागी मोहन बडालले भने ।

त्यस्तै प्रशर्दनमा सहभागी भक्त ठगुन्नाले भारतका बिरुद्ध लड्न तयार रहेको बताए । भारतको गिद्धेदृष्टिको सबै नेपालीले प्रतिवाद गर्नु पर्ने प्रदर्शनमा सहभागी भएको भक्त प्रेम बडालले बताए ।

प्रदर्शनकारीहरुले लिपुलेक फिर्ता गर, राष्ट्रघाती सन्धि खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रो हो लगायतका नारा लगाएका थिए । अहिले नेपालमा भारतले चीनको मानसरोबर जोड्न नेपालको भूमि प्रयोग गरेपछि सर्वत्र विरोध भईरहेको छ ।

२०७७ बैशाख २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्