News Portal

इतिहासमा आज : चीनमा ८ रेक्टर स्केलको भूकम्प, ८७ हजार बढिको मृत्यु

मोटिभेटन्यूज संवाददाता
१११५ पटक

काठमाडौं – सन् २००८ मा आजकै दिन चीनको सिचुवानमा ८ रेक्टर स्केलको भूकम्प जाँदा ८७ हजार ५ सय ८७ जनाले ज्यान गुमाए । चीनको साङ्घाई र बेइजिङसहित मकाउ, भियतनाम, थाइल्यान्ड, ताइवान, मंगोलिया, बंगलादेश, नेपाल, भारत, पाकिस्तान र रुससम्म धक्का महसुस गरियो ।

भूकम्पको केन्द्र सिचुवानको प्रान्तीय राजधानी छेन्दुबाट ८० किलोमिटर पश्चिम–उत्तरपश्चिममा थियो । यस भूकम्पपछि झन्डै २ लाखपटक पहिरो गयो भने खोला थुनिएर ८ भन्दा धेरै पोखरी बने ।

भूकम्पका कारण ३ लाख ७४ हजारभन्दा धेरै घाइते भए । कम्तिमा ४८ लाख जनसंख्या घरबारविहीन भयो । भूकम्प प्रभावित क्षेत्रमा झन्डै १ करोड ५० लाख जनसंख्याको बसोवास थियो ।

२०७७ बैशाख ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्