News Portal

आज भेटिएका ५७ कोरोना संक्रमित मध्ये ४ जना पत्रकार

मोटिभेटन्यूज संवाददाता
११२ पटक

वीरगञ्ज – पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

आजमात्रै थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएका थिए ।

२०७७ बैशाख ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्