News Portal

नेपालमा पहिलो पटक नर्समा पनि देखियो कोरोना संक्रमण

मोटिभेटन्यूज संवाददाता
११९ पटक

काठमाडौं – नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो ।

प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । उनी कलिपलवस्तु नगरपालिकाकी रहेको उनको भनाई छ ।

हालसम्म १९१ जनामा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । प्रदेश ५ मा मंगलबारमात्रै कपिलबस्तुमा ८ र रुपन्देहीमा ९ गरी १७ जना कोरोना संक्रमित थपिएका छन् ।

२०७७ बैशाख ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्