News Portal

कठमाडौंमा ३ सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
१०८ पटक

काठमाडौं – काठमाडौंका उपत्यका तीन जनासहित २६ जना कोरोनाका संक्रमित थपिएका छन । मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

२०७७ बैशाख ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्