News Portal

भारतले सिमा मिचेको दार्चुलामै मोदी र ओलीको पुत्ला दहन

मोटिभेटन्यूज संवाददाता
२४८ पटक

दार्चुला – दार्चुलामा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । भारतले नेपालको सिमा मिचेर सडक बनाएको विरोधमा स्थानिय युवाहरुले मोदी र ओलीको पुत्ला जलाएका हुन ।

भारत सरकारले मनोमानी रुपमा नेपालको भुमि मिचेर चीनको मानसरोबर जाने सडक बनाएको र नेपालका प्रधानमन्त्री ओली चुपा लागेर उक्त कार्यको समर्थन गरेको भन्दै उनीहरुले मोदी र ओली संयुक्त रुपमा पुत्ला जनाएका हुन । दार्चुला जिल्लाको लेकम गाउपालिका बडा नम्बर १ का स्थानिय युवाहरुले बडाको सदरमुकाम बडिपुर सार्मोलीमा पुत्ला जलाएर विरोध गरेका हुन ।

सर्मोली १ का युवाद्वारा मोदी र ओलीको पुत्ला दहन गरेपछि प्रहरीले धरपकडसमेत गरेको थियो । युवाहरूको साहस र युवा प्रर्दशनको बीचमा प्रहरीको धरपकडले खासै फरक नपरेको युवाहरुले बताएका छन ।

आफ्नै देशको सिमा रक्षाको लागि आवाज उठाउदासमेत धरपकड हुदा युवाको झन बिद्रोह गरेको स्थानिय दिपक बिस्टले बताए । उक्त आन्दोलको नेतृत्वसमेत बिष्टले गरेका थिए । दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गर्दै नेपालको भुमिमा सडक बनाएपछि देशभर विरोध भइरहेको छ ।

उक्त प्रदर्शनमा एक सय पचार बढी युवाहरुको सहभागिता रहेको थियो ।

२०७७ बैशाख ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्