News Portal

जनताको सुरक्षामा खटिएका ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
१२१ पटक

बुटवल – कपिलवस्तुमा सर्वसाधारणको सुरक्षामा खटिएका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुुरक्षामा खटिएका नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि भएको कपिलवस्तुका प्रमुख अधिकारी दीर्घ नारायण पौडेलले बताए ।

उनीहरुलाई उपचारका लागि बुटवलमा लग्ने कि कपिलबस्तुमै राख्ने भन्नेमा छलफल भइरहेको उनले बताए । उनका अनुसार तीनै जनाको स्वास्थ्य अवस्था सामन्य रहेको छ भने अन्य संक्रमतिलाई पनि कहाँ उपचार गर्ने भन्नेबारे छलफल भइरहेको छ।

यसअघि कपिलबस्तुमा एक नर्समा पनि कोरोना संक्रमित भएका थिए ।

मंगलबार भक्तपुरमा बस्दै आएका रामेछापमका एक सशस्त्र प्रहरीका जवानमा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वमन्त्री भीम रावलको सुरक्षामा खटिँदै आएका थिए ।

यस्तै वीरगन्जका दुई पत्रकारमा पनि कोरोना पुष्टि भएको छ ।

२०७७ जेठ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्