News Portal

एकै परिवारका ९ जनामा कोरोना संक्रमण

मोटिभेटन्यूज संवाददाता
१४४ पटक

बुटवल – रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार वेलुका रिपार्ट आएका ९ जना गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवार सदस्य भएको खुलेको छ ।

उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् । उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् ।

उनीहरु घर आउँदै गरेको थाहा भएपछि स्थानीयबासीले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए ।

२०७७ जेठ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्