News Portal

अनलाइन खवरका पत्रकार विडारीलाई पनि कोरोना संक्रमण

मोटिभेटन्यूज संवाददाता
१६१ पटक

काठमाडौं – नेपालको चर्चित डिजिटल पत्रिका अनलाइन खवरमा कार्यरत पत्रकार सुरेश विडारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जमा रहेर पत्रकारिता गर्दै आएका विडारीलाई कोरोना संक्रमण भएको आफैले बताएका छन ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको बताएका हुन । उनले आफू स्वस्थ रहेको बताउँदै फेसबुकमा लेखेका छन, ‘मलाई कोभिड–१९ संक्रमण पुष्टी भएको सही हो । लक्षण छैन । म ठिक हुन्छु ।’

उनले आफू निको भएर घर फर्किने दृढ विश्वास रहेको भन्दै अगाडी लेखेका छन, ‘तपाईहरू पनि ढुक्क रहनुस । धेरैको फोन र म्यासेज आएको थाहा छ। सबैसँग कुरा हुन सकेको छैन ।’

उनी वीरगन्जमा रहेर हरेक सार्वजनिक महत्वका विषयमा रिपोटिङ गर्दैं आएका थिए । पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमित बढेपछि उनले फिल्डमै गएर रिर्पाेटिङ गरेका थिए ।

२०७७ जेठ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्