News Portal

काममा ढिलासुस्ती गरेको भन्दै मेयरले लेखा अधिकृतलाई हाने २ झापड

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९३ पटक
काठमाडौं

असोज ११, जनकपुरधाम – महोत्तरीको भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई झापड हानेका छन् ।

कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ ।

पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि २ झापड हानेको मेयर शाहले स्वीकार गरे । ‘नगरपालिकाको हिसाबकिताब पारदर्शी राख्न र जनप्रतिनिधिलाई दिन पटक–पटक निर्देशन दिएपछि लेखा अधिकृतले अटेरी गरेका छन्,’ शाहले भने ।

मेयरको व्यवहारले नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् । मेयरमाथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र दिने र अन्य कानूनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा अधिकृत अधिकारीले बताए ।

२०७५ असोज ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्