News Portal

आशा लघुवित्त वित्तीय संस्थाको शाखा मसुरीयामा

राजेन्द्र रावलकाठमाडौं
४४३ पटक
काठमाडौं

असोज ११,बौनियाँ – ककनी ६ नुवाकोटमा केन्द्रीय कार्यालय रहेको आशु लघुवित्त वित्तीय संथा लिमीटेडको ३० औ शाखा कार्यालयको बिहीबार कैलालीको मसुरीयामा गौरीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले एक कार्यक्रमका बिच उद्धघाटन गर्नु भएको छ ।

शाखा प्रबन्धक अमर बहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष तिवारी रहनु भएको थियो । उद्धघाटन कार्यक्रमको बिशिष्ट अतिथिमा नगर उधोग वाणिज्य संघ गौरीगंगाका अध्यक्ष राजेन्द्र प्रसाद देवकोटा रहनु भएको थियो । सो अवसरमा ईलाका प्रहरी कार्यलय मसुरीयाका प्रतिनीधि,बिभीन्न वित्तीय संस्थाका प्रतिनीधि,व्यापारी,पत्रकार लगायतको सहभागीता रहको थियो । संस्थाका कर्मचारी अर्जुन चौधरीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन नवराज जोशिले गरेका थिए  ।

२०७५ असोज ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्