News Portal

बलात्कारको आरोपमा दुई प्रहरी निलम्वित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६३३ पटक
काठमाडौं

असोज ११, सङ्खुवासभा -जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् ।

इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ ।

प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिनुभयो ।

२०७५ असोज ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्