News Portal

जब सुजाता कोइरालालाई ऋषि धमलाले बर्वाद बनाए !

मोटिभेटन्यूज संवाददाता
१४५ पटक

काठमाडौं – नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले चर्चित पत्रकार ऋर्षि धमलाले आफूलाई बर्दाद बनाएको बताएकी छिन ।

भारतले नेपालको भुमि मिचेर कालापनी क्षेत्रमा बाटो बनाएको विषयमा गरिएको कुराकानी उल्टोपुल्टो पार्दै प्रशारण गरेर आफूलाई बर्बाद बनाएको बताएकी हुन ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कोइरालाले यस्तो कुरा बताएकी हुन । उनले धमलासँग यदी लिपुलेक भारतलाई नभइनहुने हो भने बङ्गलादेश जोड्ने भारतको भुभाग साट्न सकिने अभिव्यक्ति दिएकी थिइन । तर धमलाले ‘सुजताले लिपुलेक भारतलाई दिनुपर्छ भनिन्’ भनेर समाचार सम्प्रेषण गरेका थिए ।

उक्त बैठकमा कोइरालाले आफूले बोल्दै नबोलेको कुरा हेडलाइन राखेर धमलाले आफूलाई बवार्द बनाएको गुनासो गरेकी थिइन । उनले भनिन्, ‘जे पनि लेख्ने ? यस्तो पनि डेमोक्रेसी हुन्छ ?’

उनले भारतसँग बंगलादेश जोड्ने बाटो लिएर लिपुलेक भारतलाई लिजमा दिनपर्छ भन्ने कुरा गरेको बताएकी छिन ।

२०७७ जेठ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्