News Portal

नेपाल भारत सीमा क्षेत्रमा काँडेतार, जनप्रतिनिधिको चौतर्फी प्रशंसा

मोटिभेटन्यूज संवाददाता
१०६ पटक

काठमाडौं – पर्साको ठोरी गाउँपालिकाले नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाएको छ । वडा नम्बर ३ का जनप्रतिनिधिले भारतको बिहारसँग सीमा जोडिएको झण्डै पाँच किलोमिटर क्षेत्रमा काँडेतार लगाएका हुन् ।

३३ लाख रुपैयाँको लगानीमा झण्डै ५ किलोमिटर दुरीमा काँडेतार लगाएको वडाध्यक्ष सूर्य लामाले बताए । ठुटेखोला नजिकै रहेको ४३५/१ देखि ४३१/४ नम्बरको पिलरसम्म काँडेतार लगाउने काम सम्पन्न भइसकेको छ ।’

२०७४ मंसिरबाटै सीमा क्षेत्रमा काँडेतार लगाउन सुरु गरिएको उनको दाबी छ । स्थानीय प्रहरी प्रशासन र गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको समेत सहयोगमा काँडे तार लगाउन सुरु गरिएको उनले बताए । ठूटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेको क्षेत्रमा काँडेतार लगाइएको उनले बताए ।

वडाध्यक्ष लामाका अनुसार लकडाउनको समयमा मात्रै करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ । वडा क्षेत्रमा पर्ने करिब १ हजार ८ सय मिटर दुरीमा तारबार लगाउन बाँकी रहेको उनले बताए ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले विवाद सिर्जना गरेपछि तीन सय मिटरमा काम रोकिएको छ । तर सहमति कायम गरेर त्यहाँ पनि तारबार लगाउने उनले बताए ।

२०७७ जेठ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्