मोटिभेटन्यूज संवाददाताकाठमाडौं

असोज ११, काठमाडाैं – सुन काण्डमा मुछिएका पुर्व डीआईजी गोविन्द निरौलालाई साधारण तारेखमा रिहा गर्न उच्च अदालतले अादेश दिएको छ ।
विराटनगर स्थित उच्च अदालतले अाज पुर्व डीआईजी निरौलालार्इ साधारण तारेखमा छाड्न अादेश दिएकाे हाे ।
थुनामा पठाउने जिल्ला अदालत मोरङको आदेशलाई एकपछि अर्को गर्दै उल्टाइरहेको उच्च अदालतले निरौलालाई पनि रिहा गर्न आदेश दिएको हो ।
पूर्वडीआईजी निरौलासहितले सुनकाण्डमा निर्दोष रहेको भन्दै थुनामुक्त गराइ पाउन उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतको आदेशमा यसअघि एसएसपी दिवेश लोहनी र डीएसपी प्रजीत केसीलाई पनि रिहा गर्न आदेश दिइसकेको छ ।
यसअघि विराटनगर उच्च अदालतस्थित न्यायाधीशहरु उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलाशले डीएसपी केसीलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
२०७५ असोज ११ गते प्रकाशित
