News Portal

एसिया कप छनोट खेल अघि नेपाली क्रिकेट टोलीले श्रीलंकामा तीन ओटा अभ्यास खेल खेल्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५९ पटक
काठमाडौं

काठमाडौं – एसिया कप छनोट खेल खेल्न मलेसिया जानु अघि नेपाली क्रिकेट टोलीले श्रीलंकामा तीन ओटा अभ्यास खेल खेल्ने भएको छ । सोमबार अभ्यास खेलका लागि श्रीलंका जाने नेपाली टोलिले श्रीलंकामा अगामी अगस्ट २२ तारिखमा आर्मी क्रिकेट टिमसंग आफ्नो पहिलो अभ्यास खेल खेल्ने छ भने अगस्ट २४ मा स्थानीय ब्लुम फिल्ड क्लबसंग दोस्रो अभ्यास तथा अगस्ट २६ मा कोल्ट्स क्ल्बसंग अन्तिम अभ्यास खेल खेल्ने भएको हो । नेपाली टोलि श्रीलंकामा तीन ओटा अभ्यास खेल सकेर अगष्ट २७ मा मलेसिया प्रस्थान गर्ने जनाईएको छ ।

अगामी अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्ममा नेपालले मलेसियामा हुने एसिया कप अन्तर्गत युएई, हङकङ, ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ भने प्रतियोगिताको विजेता टोलिले एसिया कप खेल्न पाउने छ ।

२०७५ भदौ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्