News Portal

नेपाली सेनामा पनि छिर्यो कोरोना, दुई जनालाई संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
११० पटक

काठमाडौं – कोरोना भाइरस (कोभिड १९)ले नेपाली सेनालाई पनि आक्रमण गरेको छ । नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार दिउँसो स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि गरेका दुईजना नेपाली सेनामा कार्यरत भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पुष्टि गरे ।

नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए । उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् ।

उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनीहरुको पद भने खुलाइएको छैन ।

२०७७ जेठ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्