News Portal

सुशासन र नेपालमा यसको नागरिक अनुभुती

मोटिभेटन्यूज संवाददाता
१३८ पटक

काठमाडौं – सामान्य अर्थमा राज्य प्रणाली संचालन गर्ने, शान्ति सुरक्षा र अमनचयन कायम राख्ने, राजस्व संकलन गर्ने, विकास निर्माणका क्रियाकलाप संचालन गरी नागरिकको आधारभुत आर्थिक तथा सामाजिक विकासको बाटो सहज तुल्याउने कार्य संचालन गर्नुनै शासन हो ।

शासन प्रणालीलाई नागरिकका हित एवम् प्रगतिका निमित्त गरिने व्यवस्थापनको अर्थमा पनि लिन सकिन्छ । यधपी शासन प्रणालीले नागरिकको अधिकारको संरक्षण गर्ने कार्य गर्दछ । विगतका दिनमा सरकारले सम्पादन गर्ने कार्यहरूको प्रभावकारिता सोही सरोकारवालाका संचालकहरुमा प्राप्त शक्तिले निर्धारण गर्ने गरेको पाइन्थ्यो । तसर्थ सरकारको अवधारणा पनि शक्तिको उपयोगको सन्दर्भसंग प्रत्यक्ष संलग्नता हुने भएकाले सरकारका कामकारबाही संचालन प्रणालीलाई शासन पद्धति भन्ने गरेको पाइन्छ ।

वर्तमान परिस्थितिमा सरकारले ब्यवस्थापन वा शासनको केही हकमा निहित स्वार्थ साथै न्यून प्रभावकारिता र सरकारको भुमिका माथिको विभिन्न क्षेत्र अर्थात् चौतर्फी आलोचनाको परिणाम स्वरुप सर्वस्विकार्य सफल र सरल शासन प्रणालीको निमित्त दवाब सृजना हुन थाल्यो । लोकतान्त्रिक आधुनिक राज्य र सरकारको अवधारणा विकसित हुनु पुर्वराज्य र नागरिकका विचको सम्बन्धलाई विभिन्न स्वरुपमा विश्लेषण गर्न जरुरी देखिन्छ ।

नागरिकको आधारभुत आवश्यकता पूरा गर्ने सवालमा राज्यको भुमिका केन्द्रित हुनेदेखि राज्यका सकारात्मक भुमिकाहरुमा अवलम्बन हुनुपर्ने नागरिकको क्षमता विकाससम्म केन्द्रित हुनु पर्दछ भन्ने वर्तमान जनअपेक्षा अर्थात मान्यतासम्म आँउदा राज्य र नागरिककोबीचमा सुमधुर सम्बन्धको सवाल जगजार रुपमा उठ्छ ।

जनताका आवाज मुख्य रुपमा उठाउने प्रयाससँगै नागरिकको विश्वासयुक्त शासन ब्यवस्थाको निर्माण उन्मुख राज्य प्रणालीको विकासका निमित्त परेको दवाबको फलस्वरूप नै केही हदसम्म सुशासनको अवधारणामा नागरिकको सकारात्मक अनुभुती देखिएको छ । यसलाई भन प्रधावकारी बनाउन राज्यले विश्वास दिलाउन सक्नुपर्छ ।

सुशासनको मुख्य विषयवस्तु के हो भने राज्य समतामूलक, समुन्नति विकासमा नागरिकको प्रत्यक्ष निगरानी र जीवनस्तरमा बृद्धि हुनपर्छ । सार्वजनिक रूपमा प्रतिपादन भएका विषयबस्तु नेपाल जस्ता विकासशिल अर्थात कम विकसित राष्ट्रहरुमा सुशासन अध्ययन र भाषणको विषयमा मात्र सिमित भएको अनुभुती गरिन्छ ।

सुशासनले दिने राष्ट्र र नागरिकहरुको खोजको अल्पकालिन र दीर्घकालिन परिणाम कर्ताको भुमिका के हो ? र यसको प्रभावकारीता कसरी बढाउन सकिन्छ भने विषयमा पनि बहस अगाडी बढाउन सकिन्छ । समग्रमा संम्बन्धित संयन्त्रहरुको स्पष्ट, ब्यबहारिक, नैतिकवान, निस्वार्थ दृस्ठिकोणको अभाव भएको नागरिकले अनुभुती गरे भने नेपालमा सुशासन कायम गर्न अभैm समस्या भएको देखिने छ ।

२०७७ जेठ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्