News Portal

नयाँ ठाउँमा पनि देखियो कोरोना, संक्रमितको संख्या २९५ पुग्यो

मोटिभेटन्यूज संवाददाता
१९७ पटक

काठमाडौं – आइतबार थप तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । विराटनगरमा पहिलो पटक कोरोना देखिएको हो ।

यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

२०७७ जेठ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्