News Portal

अर्का पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
१२८ पटक

काठमाडौं – बाराको करैयामाई गाउँपालिका –५ मा सोमबार पुष्टि भएका ३८ वर्षीय संक्रमित व्यक्ति पत्रकार भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा उनीसहित थप ९ जनालाई कोरोना पुष्टि गरेको थियो।

वडाध्यक्ष उमेश चौधरीले ती संक्रमित स्थानीय एफएममा कार्यरत रहेको बताए। ‘हाम्रै वडाका स्थानीय एफएममा कार्यरत एक सञ्चारकर्मी हुनुहुन्छ। जिल्लाको टोली आउदैँछ। उहाँलाई कलैया लैजाने तयारी भईरहेको छ,’ वडाध्यक्ष चौधरीले भने।

राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो। यसअघि वीरगञ्जका दुई तथा जनकपुरका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

२०७७ जेठ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्