News Portal

छिमेकी जिल्लामा कोरोना संक्रमित बढेपछि पुरै नगरपालिका अनिश्चितकालका लागि बन्द

मोटिभेटन्यूज संवाददाता
१३९ पटक

सर्लाही – कोरोना संक्रमित बढेपछि सर्लाहीको हरिवन नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ । जिल्ला भित्रका पालिकाहरु र छिमेकी जिल्लाहरु बारा, पर्सा लगायतमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढेपछि नगरपालिकाले अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले नगरपालिका भित्र र यसको पाँच सय मिटरसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र र आसपासको क्षेत्रमा रहेका सरकारी, अर्धसरकारी, गैरसरकारी कार्यलयहरु, बैंक तथा विक्तिय संस्थाका सम्पूर्ण कार्यलयहरु र उद्योग धन्दाहरुसमेत बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईले बताए ।

बुधबार एक सूचना जारी गर्दै नगरप्रमख प्रसाईले भयाभह गाम्भिर्यतालाई मनन गरी घर बाहिर ननिक्लिन नगरवासीलाई अनुरोध गरेका छन ।

२०७७ जेठ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्