News Portal

फेरि थपिए ७ जना कोरोना संक्रमित

मोटिभेटन्यूज संवाददाता
१३० पटक

काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सातै जना संक्रमित प्रदेश नम्बर १ का हुन ।

प्रदेश १ ले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड १९ पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

आज मात्रै २५ जना कोरोना संक्रमित पुष्टि भएको थिया । उनीहरु मध्ये दुई जनाको मृत्यु भएको छ भने ४५ जना निको भएर घर फर्किएका छन ।

२०७७ जेठ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्