News Portal

क्रान्तिकारी पत्रकार संगठनले पायो पूर्णता, डिल्ली राउतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५०३ पटक
काठमाडौं

काठमान्डौं – विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले पूर्णता पाएको छ । संगठनको काठमाडौँमा सम्पन्न पहिलो पूर्ण केन्दीय समिति बैठकले डिल्लीराज रावतको अध्यक्षमा ५१ सदस्यीय केन्दीय कार्यसमिति चयन गरेसंगै उक्त संगठनले पूर्णता पाएको हो ।

बुधबार सम्पन्न केन्दीय समिति बैठकले उपाध्यक्षमा दिप बहादुर घर्ती र जन्मदेब जैसी, महासचिवमा बाबुराम भुषाल, सचिवमा बैकुण्ठ गिरी, जीवन हमाल, उन्नती चौधरी, रुपेन्द्र ऐडी, राजेन्द्र अधिकारी, राज कपुर महर्जन, साहाश भट्ट, धनन्जय बुढा, मिसन थापा र कोषाध्यक्षमा तिलक अधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।

प्रदेश संरचनालाई समेत समेट्ने गरी एक भन्दा बढी सचिव चयन गर्ने नीति अनुसार नगरकोट सम्मेलनले पास गरेको बिधान अनुसार नै सचिवहरु चयन गरिएको उक्त संगठनले जनाएको छ । गत बैशाख १५, १६, र १७ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले ४८ जनालाई केन्दीय सदस्यमा निर्वाचित गरेको थियो । जसमध्य प्रकास डुम्रे सहित तिन जनालाई संगठनले कारवाही गरेपछि अपुग ६ जनालाई पनि संगठनको केन्दीय सदस्य बनाएर संगठनलाई पूर्णता दिएको छ । नगरकोट सम्मेलनले ५१ सदस्यीय केन्दीय कार्यसमित रहने भनेर विद्यान पारित गरेको थियो । केन्द्रीय सदस्यमा सन्तोषकुमार गुप्ता, जङ्ग रेउले, बिदुर एमसी लगायतलाई थपेको छ ।

बैठकले संगठनका निबर्तमान कोषाध्यक्ष नवराज ढकाललाई कृष्णसेन ईच्छुक स्मृती पत्रकारीता पुरस्कार बाट सम्मान गरेको थियो । उक्त संगठनको केन्दीय सदस्यमा मोटिभेट न्यूज डटकमका अध्यक्ष शोभराज बराल पनि निर्वाचित भएका छन् ।

२०७५ असोज १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्