News Portal

नेपालले राजनीतिक नक्सा जारी गरेपछि भारतले मुख खोल्यो, लगायो गम्भिर आरोप

मोटिभेटन्यूज संवाददाता
१९८ पटक

काठमाडौं – नेपाल सरकारले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले प्रतिक्रिया जनाएको छ । नयाँ नक्सामाथि प्रतिक्रिया दिदै भारतले नेपालको आफूलाई उक्त नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ ।

नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ ।

उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’

२०७७ जेठ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्