News Portal

श्रीकृष्ण भगवानको दर्शन गरी हेर्नुहोस तपाईको आजको राशिफल

मोटिभेटन्यूज संवाददाता
१६१ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज स्वादाइष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त संग कुराकानी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहनसक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चापनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । संगीत र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । । शिक्षापनि राम्रै हुनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

२०७७ जेठ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्