News Portal

बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै महिलाहरुद्वारा अर्धनग्न प्रदर्शन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६३ पटक
काठमाडौं

भदौ २, काठमाडौं – बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै आज महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै उनीहरुले अर्धनग्न प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर झडप समेत भएको थियो । झडपमा आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन् । अर्धनग्न प्रर्दशनमा उत्रिएका महिलाहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७५ भदौ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्