News Portal

सांसदलाई पनि छोडेन कोरोनाले, २ सांसदसहित ११ जनाको रिपोर्ट पोजेटिभ

मोटिभेटन्यूज संवाददाता
३४९ पटक

रुपन्देही – प्रदेश नंं ५ को बजेट अधिवेशनमा सहभागी हुने सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी तथा पत्रकारहरुको आज आरडिटी परीक्षण गरिएको छ । संसद बैठक हुनुपूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित सांसदहरुको कोरोना परीक्षण गरिएको हो ।

बिहीबार ३ सय ९८ जनामा गरिएको आरडिटी परीक्षणमा सांसद र सुरक्षाकर्मी गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुलाई पिसिआर परीक्षण गरिएको प्रदेशसभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए । जसमा २ जना सभासद, २ जना चालक र अन्य कर्मचारी रहेका छन् ।

४० जना पत्रकारको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । शुक्रबारदेखि प्रदेशसभाको बैठक बस्दैछ । आज रिपोर्ट पोजेटिभ आएकाहरु भने होम क्वारेटाईनमा बस्नेछन् ।

२०७७ जेठ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्