
असोज १२, काठमाडौं– पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धमेन्द्र प्रधान नेपाल आएका छन् । प्रधान एक टोलीसहित शुक्रवार नेपाल आएका हुन् ।
भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री प्रधानको नेतृत्वमा शुक्रबार बिहान काठमाडौं आइपुगेको भारतीय टोली उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उच्चस्तरीय टोलीबीच छलफल हुन लागेको हो ।
आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार शुक्रबार दिउँसो ग्यास तथा पेट्रोलियम तथा पाइपलाइनबारे छलफल हुनेछ । अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइलाइन निर्माणको मोडालिटी र पेट्रोल तथा ग्यास आपूर्तिका सम्बन्धमा छलफल हुने प्रवक्ता ढकालले जानकारी दिए ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मन्त्री प्रधानसहित भारतीय टोलीले अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे छलफल गरेपछि अमलेखगञ्ज पुग्ने कार्यक्रम तय गरिएको छ ।
यसअघि पेट्रोलियम पाइपलाइनबारे नेपाल र भारतका उच्च अधिकारीबीच बुधबारका लागि तय भएको वार्ता स्थगित भएको थियो ।
बुधबारका लागि तय भएको पेट्रोलियम पाइपलाइनसम्बन्धी नेपाल–भारत उच्च स्तरीय वार्ता भारतले अन्तिम समयमा रोकेको थियो ।
२०७५ असोज १२ गते प्रकाशित
