News Portal

चीनले पनि गर्यो नेपालको सीमा अतिक्रमण, नेपालबाट खोसियो सगरमाथा

मोटिभेटन्यूज संवाददाता
३७९ पटक

काठमाडौं – भारतले नेपालको भुमि अतिक्रमण गरेको विषयले चर्चा पाइरहेका वेलामा चीनले पनि सीमाना मिचेको छ । सरकारले भारतद्वारा मिचिएको नेपालको भुमि फिर्ताका लागि नयाँ नक्सा सार्वजनिक गरि लागु गरेको सन्दर्भमा चीनले पनि विश्वको सर्वोच्च शिखर सगरमाथा सहितको भुभाग अतिक्रमण गरेको छ ।

चीनले बारम्बार आँखा लाउँदै आएको विश्वको सर्वोच्च शिखर सगरमाथामा अतिक्रमण गर्दै अन्तत आफ्नो बनाएको छ । एक हप्ताअघि एउटा सामान्य मिडिया मार्फत सगरमाथा चीनको भएको अभिव्यक्ति दिन लगाएको चीन सरकारले पछिल्लो समय आफ्नै भुमि भएको दावि गर्न थालेको छ ।

उसको दाविलाई गुगलले पनि साथ दिएको छ । विश्व मानचित्रमा सगरमाथा नेपालको सीमाना भन्दा धेरै पर चीनमा देखाएको छ । सगरमाथा भन्दा तल नेपालको सीमाना देखाएर चीनले नेपालको सगरमाथा खोसेको छ ।

यस विषयमा नेपाल सरकार वेखर छ । सामाजिक संजालमा विदेश बस्न नेपालीले यस विषयमा चासो राखेका छन । उनीहरुले गुगललाई रिर्पोट गरेर नक्सा सच्याउन आग्रह गरेका छन । दक्षिण कोरियामा बस्ने एक युवाले सगरमाथा नेपालको भएको र गुगलमा सगरमाथा नेपालमा पार्नका लागि आफू लागिपरेको बताए ।

यसरी खोसियो सगरमाथा

माथिको चित्र गुगल अर्थबाट लिइएको हो । त्यसमा देखिएको पहेलो रेखा नेपाल र चीनको सीमा रेखा हो । माथि चुचुरोमा हिमाल जस्तो देखाएको हरियो रङ सर्वोच्च शिखर हो ।

तल अग्रेजीमा माउन्ट एभरेष्ट भनेर देखाएको ठाउँ देखि हरियो चिन्ह भएको भुभाग सगरमाथा हो । नेपालको बास्तविक सीमाना त्यही हरियो चिन्हदेखि हिमालै हिमाल हो । तर चीनले नेपाल–चीन सीमा रेखा तल सारेको छ र नेपालको शिर सगरमाथा कब्जा गरेको छ ।

२०७७ जेठ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्