News Portal

प्रधानमन्त्री ओलीले ठूलो राष्ट्रघात गर्न लागेको खुलासा

मोटिभेटन्यूज संवाददाता
५२९ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो राष्ट्रघात गर्न लागेको खुलासा भएको छ । पार्टी भित्रबाट चर्को विरोध भएको अमेरिकन मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेर राष्ट्रघात गर्न लागेको खुलासा भएको हो ।

यसको प्रमाण हो, उनी आफै अध्यक्ष रहेको पार्टीको शनिबार आफ्नै निवासमा भएको सचिवालय बैठमा अनुपस्थिति । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सरकारले ल्याउने बजेट र एमसीसी परियोजनाबारे छलफल भएको बैठकमा उनको उपस्थिति छैन ।

सचिवालय बैठक बस्नु अगाडि सचिवालयका नेताहरुले स्थायी समिति सदस्य भीम रावल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, एमसीसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर बिष्टलाई भेटेका थिए।

नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो। कार्यदलमा रावल र ज्ञवाली सदस्य थिए। कार्यदलले यथास्थितीमा एमसीसी पारित गर्न नहुने निश्कर्ष निकालेको थियो।

त्यसलगत्तै सचिवालय बैठक बसेको हो। उक्त दुवै बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छैनन्। स्रोतका अनुसार एमसीसीबारे आफूले प्रष्ट भनेकाले बैठकमा बस्न जरुरी नभएको भन्दै प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएका हुन्।

दुबै बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। सरकारले यसपटकको नीति तथा कार्यक्रममा पनि एमसीसीका योजनालाई समावेश गरिसकेको छ। जसरी पनि एमसीसी पास गरि छाड्न मनस्थितिमा ओली भएकाले बैठकमा उपस्थितिको कुनै औचित्य नभएकाले नआएको बालुवाटार निकट श्रोतको भनाई छ ।

एमसीसी अमेरिकाको शैन्य रणनीति भएकाले नेपालमा ल्याउन नहुँने भन्दै चर्को विरोध भइरहेको छ ।

२०७७ जेठ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्