News Portal

कर्णालीका भण्डै १५ सय नागरिक सीमानामा अलपत्र, आजबाट उद्धार थालिने

मोटिभेटन्यूज संवाददाता
१३७ पटक

महेन्द्रनगर – नेपाल भारत सीमा नजिकै १५ सय भन्दा बढि नेपाली नागरिकहरु अलपत्र परेका छन । एक हप्तादेखि वनबासा, टनकपुर र गड्डाचौंकी क्षेत्रमा उनीहरु अलपत्र परेका हुन ।

भारतबाट नेपाली नागरिकहरुलाई नेपाल भित्र्याउनका कर्णाली प्रदेश सरकारले पहल गरेको सूचनाका आधार भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका उनीहरु पैदल हिडेरै नेपाल भारत सीमा क्षेत्रमा पुगेका  ।

उनीहरु आफ्नै पहलमा सामाजिक दुरी कायम गर्दै बसेको त्यहाँ अलपत्र परेकाहरुले बताएका छन । त्यहाँ अलपत्र परेका कालिकोट, दैलेख, जुम्ला र मुगुका नागरिकहरु हुन । उनीहरुमध्य कालिकोट जिल्लाका स्थानिय बासिन्दा धेरै भएको कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका खगराज बरालले बताए । कालिकोट जिल्लाका झण्डै ७ सय जना त्यहाँ अलपत्र परेको उनको भनाई छ । बनबासा र टनकपुर क्षेत्रमा अलपत्र परेका उनीहरु उद्धारको प्रखाईमा छन ।

त्यस्तै, टनकपुरमा रहेका कालिकोटकै रास्कोट नगरपालिका ९ का हेमराज बरालले ७/८ सयको हाराहारीमा आफूहरु रहेको बताएका छन । मोटिभेट न्यूज सँगको टेलिफोन संवादमा उनले आफूहरुले निकै कष्टकर जीवन विताइरहेको बताए ।

उनीहरुलाई खान र बस्नको कुनै ठेगान नभएको बताइको छ । यता कर्णाली प्रदेश सरकारले आजदेखि उद्धार गर्ने तयारी गरेको छ । संघिय सरकारको सहयोगमा कर्णाली प्रदेश सरकारले सीमानामा अलपत्र परेका नागरिकहरुको उद्धार गर्ने तयारी थालेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए ।

शुक्रबारको मन्त्रीपरिषदको निर्णय अनुसार आजबाट उद्धार कार्य थालिने बुझिएको छ । उद्धार गरेर स्थानिय सरकारको जिम्मा लगाउने तयारी गरिएको उनको भनाई छ । त्यसरी उद्धार गरी ल्याएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने छ ।

स्थानिय तहरुले पनि आफ्ना नागरिकको सुरक्षाका लागि आबश्यक क्वारेन्टाइनको व्यवस्था गरिसकेका छन । संघिय सरकार र प्रदेश सरकारले उद्धार गरी पठाएका आफ्ना नागरिकलाई ब्यबस्थापन गर्न नगपालिका तयार रहेको रास्कोट नगरपालिकाका मेयर काँशीचन्द्र बरालले बताए ।

उनी संघिय सरकार र प्रदेश सरकारलाई दवाव दिदै आफ्ना नागरिकको उद्धारका लागि नेपालगन्ज झरेका छन ।

२०७७ जेठ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्