News Portal

शिव भगवानको दर्शन गरी हेर्नुहोस् तपाईको आजको राशिफल, आँटेको पुग्नेछ

मोटिभेटन्यूज संवाददाता
२९० पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ कमको योजना हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । समाजको हितमापनि मन जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । पठनपाठनका क्षेत्रमा सुधार आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । -ज्यो.प. नारायणप्रसाद दुलाल

२०७७ जेठ १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्