News Portal

थप ५ जनामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
१४२ पटक

काठमाडौं – नेपालमा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकामा बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी वडा नं ९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै, बाँकेको नारायणपुर भवनपुर माध्यमिक विद्यालयमा सङ्कलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका वडा नं ५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमण पुष्टि भइ नारायणी अस्पताल बिरगञ्जको आइसोलेसन वार्डमा भर्ना भएकामध्ये थप १८ जनाले कोरोना भाइरसलाई पराजित भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ महिने शिशु र १० बालबालिका पनि रहेको अस्पतालका मेसु डा मदन उपाध्यायले जनाकारी दिए ।

वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई गएराति डिस्चार्ज गरि घर पठाइएको उहाँले बताउनुभयो । यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ७ जनालाई डिस्चार्ज गरिएको थियो । यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ

२०७७ जेठ १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्