
काठमाडौं – नेपाली गीत संगीतमा लामो समयदेखि क्रियाशिल रहँदै आएका दुई सर्जक हुन,गायक गगन सरगम र संगीतकार निम संगीत।
जसका गीत संगीतले नेपाली संगीतका पारखी अझ भनै सुगम संगित मन पराउने व्यक्तिहरुले उनीहरुको सृजनालाई सधै पछ्याईनै रहे ।
नेपाली संगीत क्षेत्रलाई केहि नयाँपन दिनुपर्छ भनी निरन्तर संगित कर्मामा लाग्नुभएका गाायक गगन सरगम फेरी नयाँ एल्वम ‘प्रेमको भिकारी’ लिएर तपाई हामि माझ आउनुभएको छ ।यस एल्वममा पाँच ओटा गीतहरु समाबेश भएका छन् ,जसमा प्रेमको भिकारी ,फूल झरेको संझ ,तारीफ ,तिमिले माया मारेपछी र उनको यादमा जस्ता सुमधुर गीतहरु रहेका छन् ।
यी गीतहरुमा निम संगित , लक्ष्मण पाण्डे,धनश्याम गौतम र नवराज घिमिरेका उत्कृष्ट शब्दहरु रहेका छन् भने सबै गीतहरुमा संगीत निम संगीतको रहेको छ र सबै गीतमा गायक गगन सरगमको उत्कृष्ट गायन रहेको छ ।
हेर्नुहोस् भिडियो
२०७५ असोज १२ गते प्रकाशित
