News Portal

थप ७ जनामा कोरोना संक्रमण पुष्टी, १० जना डिस्चार्ज

मोटिभेटन्यूज संवाददाता
११५ पटक

काठमाडौँ – नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाको अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। आज संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया –१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका ४ का १८ वर्षीय पुरूष, काठमाडौं १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज बिहान ७२ जना को संक्रमण पुष्टि भएको थियो।

त्यस्तै कोरोना भाइरस निको हुनेको संख्या १११ पुगेको छ।

२०७७ जेठ १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्