News Portal

ऐन महरले ठेकेदारसँग करोडौं घुस खाएको खुलासा, सूचना दिनेको परिवारका सबैलाई मारिदिने धम्की

मोटिभेटन्यूज संवाददाता
२४०५ पटक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वीयुका संयोजक ऐन महरले ठेकेदारसँग करोडौं रकम घुस खाएको आरोप लागेको छ । बझाँङ स्थायी घर भएका महरले स्थानिय स्तरमा हुनेगरेका विकास निमार्णका आयोजनाहरुबाट करोडौं घुस खाएको आरोप लागेको छ ।

ठेकेदारहरुलाई विभिन्न खालका धम्कीहरु दिदै ठेक्काको केही रकम माग्ने गरेको स्थानियहरुले बताएका छन । सुदुरपश्चिमको बझाँङ जिल्ला स्थायी घर भएका महरले बझाङको देउरादेखि चैनपुरसम्मको सडक कालोपत्रे गर्ने क्रममा स्थानिय ठेकेदारसँग ५१ लाख रुपैयाँ लिएको पाइएको छ । ठेकेदारलाई धम्की दिदै कमसल सामाग्री प्रयोग गर्न आग्रह गरेर ५१ लाख रुपैयाँ पचाएको समाचार स्थानिय स्तरमा भाइरल बनेको छ ।

भर्खरै पिच गरेको सडक भत्किन थालेपछि स्थानियहरुले विरोध गरेका कारण यो विषयले चर्चा पाएको थियो । त्यस्तै चौनपुरकै विभिन्न सडकका बन्न लागेका पुलहरुको ठेक्का पट्टा गर्दा पनि करोड बढि घुस खाएको बताइएको छ । ९ करोडको पुलको ठेक्कामा करोड बढि घुस खाएको भनेर अहिले पनि विरोध भइरहेको छ ।

बझाँङका एक युवाले यस विषयमा खुलेरै प्रतिक्रिया जनाएका छन । महराको आफन्त पर्ने जनगराज मन्डेलले सामाजिक संजालमा स्टाटस लेख्दै महरले घुस खाएको पुष्टि गरेका छन । उनले भनेका छन, ‘तमैलदेखि चैनपुर भोपुरसम्मको रोड पिच गर्दा कमसल सामान प्रयोग गर्न लगाएर ठेकेदारसँग ५१ लाख हप्ता असुलेको सबैलाई थाह छ । त्योभन्दा बढि मलाई थाहा छ ।’

त्यस्तै पुलको ठेक्कामा पनि महरले हप्ता उठाएको उनको आरोप छ । यसरी सामाजिक संजालमा महरको कर्तुत सार्वजनिक भएपछि उनले परिवारका सबैलाई मारिदिने धम्की दिएका छन । महरले सूचना सार्वजनिक गर्ने मन्डेलको परिवारलाई सिध्यादिने धम्की दिएका हुन । मन्डेलले सामाजिक संजालमार्फत घरका सबैलाई सिध्याइदिने भन्दै सामाजिक संजालमार्फत धम्की दिएको सार्वजनिक गरेका छन । यो विषयमा ऐन महरसँगद कुरा गर्न खोन्दा उनलाई सम्पर्क भएन । (सम्पर्क भएपछि अपडेट गर्नेछौं ।)

मन्डेलले आफ्नो र परिवारको ज्यानको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यलय बझाँङमा उजुरीसमेत दिएका छन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरी कारवाही गर्ने तयारी थालेको छ ।

२०७७ जेठ १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्