News Portal

एका विहानै १२ जनामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
२२३ पटक

सुर्खेत – मंगलबार विहानै १२ जना कोरोना संक्रमित थपिएका छन । कर्णाली प्रदेशमा १२ कोरोना संक्रमित थपिएका हुन ।

प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा जाँच गरिएको पिसिआर रिर्पोटमा आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेका क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए ।

मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए ।

२०७७ जेठ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्