News Portal

जब ऐन महर खुकुरी र भालासहित क्याम्पसभित्र छिरे…

मोटिभेटन्यूज संवाददाता
५५९ पटक

काठमाडौं – पछिल्लो समय सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनका संयोजक ऐन महर चर्चामा छन । जिउँदो मान्छेलाई श्रदान्जली दिएर चर्चामा आएका महर भ्रष्टाचार र घुसखोरी काण्डको पर्दाफाँस भएपछि उनको चर्चा झन चुलिएको छ ।

यो सँगै उनले विगतका दिनहरुमा गरेका कुकर्महरुको पर्दाफाँससमेत हुन थालेको छ । सामाजिक संजालमा त्रिचन्द्र क्याम्पसमा भएको झडपको एउटा भिडियो भाइरल भएको छ । उनीसहितको टीमले कलेजको भवन निर्माण गर्न टेन्टरको विषयलाई लिएर खुकुरी र भालासहित क्याम्पस छिरेर उपद्रो मच्चाएको देखिन्छ ।

उक्त घटनामा प्रहरी पनि मुखदर्शक बनेर बसेको भिडियोमा प्रस्ट देखिन्छ । उनको उपद्रोमा काँग्रेस निकट नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरु घाइते भएका थिए । क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरिएको थियो भने अध्ययनरत धेरै विद्यार्थीहरु हताहत भएका थिए ।

हेर्नुहोस् उक्त घटनाको भिडियो

२०७७ जेठ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्